जीन्दगी के हो?
कहिले कमजोर, कहिले कठोर,
कहिले Rowdy Rathore।
कहिले नुन, कहिले सुन;
अनि कहिले टुनक टुनक टुन।
जीन्दगी के हो?
कहिले लसक्क, कहिले मसक्क,
कहिले टकरक्क।
कहिले सिमसिम, कहिले टिमटिम;
अनि कहिले अमुल फ्रेश क्रिम!
जीन्दगी के हो?
कहिले लम्फु, कहिले डम्फु,
कहिले चिनिया कुम्फु।
कहिले कुकुर, कहिले ढुकुर;
अनि कहिले भ्यागुताको टुरटुर।
जीन्दगी के हो?
कहिले लजालु, कहिले मायालु,
कहिले सेतो त कहिले रातो आलु!!
कहिले छायाँ, कहिले माया;
अनि कहिले न कोही दायाँ न कोही बायाँ!!
जिन्दगी के हो?
कहिले कृष्ण, कहिले राम;
कहिले लास्टै हराम।
कहिले चुस्त, कहिले दुरुस्त;
अनि कहिले धेरै नै रुष्ट।
जिन्दगी के हो?
कहिले less, कहिले more;
कहिले त्यसै bore।
कहिले बचुवा, कहिले हचुवा;
तर, प्राय: एक साधारण कछुवा।।