जीनदगीको धेरै बसन्त जिइयो
खोइ त के ख्याँसियो?
बाल्यकालमा कामथियो, पढिन्थ्यो;
कहिले बाको कहिले मिसको गाली पनि खाइयो,
तर खोइ त के नै ख्याँसियो?
जवानीमा प्रेम पनि गरियो
कलेज जान्छु भनेर
गोदावरी पनि धाइयो,
तर, खोइ त के नै ख्याँसियो?
पैसो चाहियो, जागिर खाइयो
कहिले वाह वाह पाइयो
कहिेले हप्काइ खाइयो
तर जीन्दगीमा के नै ख्याँसियो?
कसै संग सम्बन्ध सुमधुर बनाइयो
कसैसंग चिस्याइयो,
तर खोइ त के ख्याँसियो?
जीनदगीको धेरै बसन्त जिइयो
खोइ त के नै पो ख्याँसियो?
wa amod ji wa……
amod ji kei cha k tapaima jo tapai vitra lukeko cha….ajjai prasfutan garnuss…….:)